आज रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बुधबार बस्दैछ। पार्टीको दोस्रो चरणको कार्यक्रम तय गर्ने विषयमा मंगलबार निष्कर्षमा पुग्न नसकेपछि आज पुनस् बैठक बस्न लागेको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।
पार्टीको आन्तरिक संवाद र एकतालाई थप मजबुत बनाइराख्न समेत बैठक बोलाइएको बुर्लाकोटीले जनाए।
आजको बैठकले पार्टीको दोस्रो चरणको कार्यक्रमबारे ठोस निर्णय लिने नेताहरूले जनाएका छन्।

LEAVE A REPLY