काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सले चितवन राईनोजलाई १६८ रनको लक्ष्य दिएको छ ।
मंगलबार बिहान टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनायो ।
लुम्बिनीका लागिकप्तान रोहित कुमार पौडेलले अर्धशतकीय पारी खेले । उनले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ८० रनको योगदान गरे ।
लुम्बिनीका साद बिन जफरले ५२ रन बनाए । उनले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गरे । अर्जुन साउदले १५ रन बनाउँदा आशुतोष घिरैया १ र उन्मुक्त चन्द शून्यमा आउट भए ।
चितवनका लागि रिजन ढकालले ३, कुशल मल्ल र रञ्जित कुमारले १, १ विकेट लिए ।
जारी एनपीएलमा चार खेल खेलिसकेको चितवन तीन जितमा ६ अंक प्राप्त गरी तालिकाको तेस्रो स्थानमा छ भने चार खेल खेलिसकेको लुम्बिनीले खाता खोल्न सकेको छैन् ।