काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दै छ ।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न पार्टीको स्थायी समिति बैठक बस्न लागेको हो । बिहीबार गृह जिल्ला चितवन र धादिङका विभिन्न कार्यक्रममा अध्यक्ष प्रचण्ड व्यस्त भएपछि बैठक स्थगित गरिएको थियो ।
बैठकमा विधान संशोधन, नेताहरूको कार्यविभाजन, स्थानीय तहको निर्वाचनको समीक्षा र समसमायिक राजनीतिबारे छलफल हुने जनाईएको छ ।