टस जितेर विराटनगरविरुद्ध बलिङ गर्दै काठमाडौं

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजले विराटनगर किङ्ग्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
काठमाडौंका कप्तान करण केसीले टस जितेर बलिङ रोज्दै विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन् । दुवै टोलीको यो समूह चरणको अन्तिम खेल हो ।
प्लेअफको सम्भावना कायम राख्न काठमाडौंलाई यस खेलमा ठूलो जित आवश्यक छ । यस खेलमा पराजित भएका काठमाडौं लिग चरणबाटै बाहिरिनेछ । विराटनगर भने लिगबाट बाहिरिसकेको छ ।

LEAVE A REPLY