नेपालले पाकिस्तानको सामना गर्दै

काठमाडौ । यु–१९ एसिया कपमा डेब्यु गर्ने लागेको नेपालले सोमबार पाकिस्तानको सामना गर्दैछ।
समूह बी मा रहेका नेपाल र पाकिस्तानबीचको खेल मलेसियाको बायुमास ओभलमा हुने खेल बिहान १२ः४५ बजेबाट सुरु हुन लागेको छ।
यो प्रतियोगिता पहिलोपल्ट आयोजना भइरहेको हो।
नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोट च्याम्पियनका हैसियतमा एसिया कप खेल्न लागेको हो। टोलीको नेतृत्व पूजा महतोले गर्ने छिन्। नेपाल रहेको समूह ‘बी’मा पाकिस्तानसँगै भारत छ।
पाकिस्तान पहिलो खेलमै भारतसँग पराजित भएकोले नेपालले आजको खेल जित्न सके सुपर फोर मा प्रवेश गर्नेछ । पुजा महतोको कप्तानीमा रहेको नेपाली टोली उच्च मनोबलका साथ मलेसिया पुगेको छ ।
आईसीसी यू १९ महिला टी२० विश्वकप एसिया छनोटको विजेता बनेपछि नेपाल यू १९ विश्वकप र यू १९ एसिया कपमा छनोट भएको थियो ।

LEAVE A REPLY