पूर्वउपराष्ट्रपति पुनका पुत्र दिपेशविरूद्व पनि मुद्दा

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनविरूद्व पनि मुद्दा दायर भएको छ ।
दिपेशविरुद्ध रवि लामिछानेसँगै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले उनीविरुद्ध एक अर्ब ५१ करोड रुपैयाँ बिगो माग दाबी गरेको छ ।
उनी सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा धरौटीमा रिहा भएका थिए । त्यसयता उनी फरार छन् ।

LEAVE A REPLY