काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीन समितिको बैठक बस्ने भएको छ ।
मंगलबार प्रतिनिधि सभाअन्तर्गत कानून, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो । कानून, न्याय तथा सत्व अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित दफाहरुमा छलफल हुने कार्यसूचि रहेको छ । बैठकको समय बिहान ११ः०० बजे छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठकको समय दिनको १ः०० बजे रहेको छ ।
त्यस्तै, पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता माननीय सदस्यहरुसँग छलफलको कार्यसूची रहेको छ भने विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता माननीयहरुलाई आमन्त्रित गरिएको छ । बैठकको समय बिहान ११ः०० बजे रहेको छ ।