यु–१९ महिला विश्वकपमा नेपाल, उद्घाटन खेलमा बंगलादेशको सामना गर्दै

काठमाडौं । आईसीसी यू १९ महिला टी २० विश्‍वकप २०२५ को दोस्रो संस्करण आज देखि मलेसियामा सुरू हुँदै छ।
नेपालको महिला टोली पनि यस विश्‍वकपमा पहिलोपटक सहभागी हुँने भएको हो।
चार समूहमा विभाजित १६ टोली सम्मिलित यस विश्‍वकपमा नेपाल समूह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै छ। उद्घाटन खेलमा नेपालले शनिबार बंगलादेशको सामना गर्दैछ।
मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा शनिबार दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि खेल सुरू हुनेछ। नेपालको कप्तानमा पुजा महतो तथा बंगलादेशको कप्तानमा सुमैया अक्तर रहेका छन्।
नेपालले बंगलादेशसँग गत डिसेम्बरमा मलेसियामै भएको यू १९ एसिया कपमा खेलेको थियो भने उक्त खेलमा नेपाल पराजित भएको थियो।
नेपाली टोलीमा, पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीण, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा, चना चौधरी, सिमाना केसी, स्नेहा महरा, अनु कडायत र कृश्मा गुरुङ रहेका छन।

LEAVE A REPLY