काठमाण्डौं । सत्तारुढ दलहरूको बैठक शनिाबर बिहान बस्दैछ । सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रको शुक्रबार बसेको बैठकले शनिाबर सत्तापक्षको बैठक बोलाउने निर्णय गरेको थियो ।
जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले मुख्यतयाः भूमि सबन्धी अध्यादेशमा समर्थन नजनाउने र विपक्षमा उभिने धारणा सार्वजनिक गरेपछि सत्तारूढ दलको संयुक्त बैठक बोलाइएको हो ।
बैठकमा संविधान संसोधन सम्बन्धी कार्यदलले आफ्नो धारणा राख्ने तथा सत्य निरूपण तथा मेलमिलाप आयोगका बारेमा छलफल गरिने जनाइएको छ ।
बैठकमार्फत अध्यादेशका बारेमा निष्कर्षमा पुग्न शनिबार संयुक्त बैठक बोलाइएको नेताहरूको भनाइ छ । त्यस्तै कार्यदल बैठकले संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय पनि गरेको छ ।
‘हामी सबैसँग छलफल, संवाद र सहमति गर्छौ, अध्यादेशका विषयवस्तु राम्रा छन् । यसमा प्रतिपक्ष पनि सहमत हुन्छ भन्ने विश्वास छ’ गृहमन्त्रीसमेत रहेका संयन्त्रका सदस्य रमेश लेखकको भनाइ छ ।