राष्ट्रियसभाबाट पनि पाँचवटै अध्यादेश स्वीकृत

काठमाडौं । सरकारले ल्याएका पाँचवटै अध्यादेश राष्ट्रियसभाबाट पनि स्वीकृत भएको छ । आज बसेको बैठकबाट अध्यादेश स्वीकृत भएको हो ।
स्वीकृत भएका अध्यादेशहरूमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन), आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश रहेका छन् ।
जनता समाजवादी पार्टी नेपालको साथसँगै अध्यादेश स्वीकृत भएका हुन् । यसअघि जसपा नेपालको अनिर्णका कारण अध्यादेश निर्णयार्थ पेस सकेको थिएन ।
भूमि अध्यादेश फिर्ता गर्ने सहमतिसँग जसपा नेपाल अन्य अध्यादेश पास गर्न सहमत भएको थियो ।

 

LEAVE A REPLY