काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेश सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले बिहान ११ बजे मधेश प्रदेश सभा बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । प्रदेश सभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने र त्यसपछि सभाले धन्यवाद प्रस्ताव पारित गर्ने दुईवटा कार्यसूची रहेको छ ।
सम्बोधन पश्चात प्रधानमन्त्री ओली सिरहा जाने कार्यक्रम रहेको छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली पार्टीको ११औं सिरहा जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्न सिरहा जान लागेका हुन् ।
सिरहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसमा हुने जिल्ला अधिवेशनको तयारी पूरा भएको एमाले सिरहाले जनाएको छ ।