काठमाण्डौं । दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
प्रसाईँलाई बिहीबार काँकडभिट्टबाट पक्राउ गरी काठमाडौँ लयाइएको थियो ।
प्रहरीले सरकारी वकिलमार्फत अदालतसमक्ष पहिलो चरणमा प्रसाईंलाई १२ दिन हिरासतमा राख्नका लागि अनुमति मागेको थियो ।
यस्तै अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले प्रसाईं क्यान्सरको बिरामी भएका कारण इजलासबाट सम्बन्धित चिकित्सकको सिफारिसमा उपचारको प्रबन्ध गर्न आदेश भएको जनाए ।
चैत १५ गतेको राजावादी प्रदर्शनको क्रममा प्रहरीलाई नै किच्ने गरी गाडी चलाएर भिडलाई उत्तेजित पारेलगत्तै उनी फरार थिए ।