यू–१९ एसिया छनोट आजदेखि, नेपाल र यूएई भिड्दै

काठमाडौं । आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट आजदेखि सुरु हुँदैछ ।
आइतबारदेखि सुरु हुने खेल आगामी वैशाख ६ गतेसम्म माथिल्लो र तल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछन् ।
नेपालले पहिलो खेलमा आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र यूएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।
नेपाली टोलीमा नरेन भट्टको कप्तानीमा अभिषेक तिवारी, निरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहेका छन् ।
यस्तै, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री, विपिनप्रसाद शर्मा टोलीमा अटाएका छन् ।

 

LEAVE A REPLY