सत्ता समीकरणमा फेरबदलको कुनै सम्भावना नरहेको देउवाको दाबी

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरणमा फेरबदलको कुनै सम्भावना नरहेको दाबी गरेका छन् ।
थाइल्याण्डको भ्रमण सकेर शुक्रबार काठमाण्डौं आइपुगेका सभापति देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सत्ता गठबन्धनबीच कुनै खटपट नरहेको र फेरबदलको सम्भावना पनि नरेहको स्पष्ट पारे ।
उनले सत्तासमीकरण परिवर्तन हुने कुरामा कुनै सत्यता नरहेको जनाए ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का नेताहरूले सरकार परिवर्तन हुने सार्वजनिक अभिव्यक्ति दिइरहेका बेला सभापति देउवाले सत्तासमीकरणको सम्भावनालाई खारेज गरेका हुन् ।
देउवा वैशाख ७ गते परिवारसहित उपचारका लागि थाइल्याण्ड गएका थिए । सभापति देउवाका परराष्ट्रमन्त्रीसमेत रहेकी श्रीमति डा. आरजु राणा पनि स्वदेश फर्किएका छन् ।
सभापति देउवासँगै पत्रकार सम्मेलनमा मन्त्री राणाले पनि सत्तासमीकरण परिवर्तन नहुने जनाईन । उनले सत्ता गठबन्धन तलमाथि हुने कुरा हल्लमात्रै भएको प्रतिक्रिया दिइन् ।
देउवाको स्वागतका लागि उपप्रधानमन्त्री प्रकाशमान सिंह र कार्यवाहक सभापति पूर्णबहादुर खड्का विमानस्थल पुगेका थिए । बैंककमा देउवा उपचारमा व्यस्त हुँदा पत्नी डा. राणा भने परराष्ट्रमन्त्रीको हैसियतमा एक कार्यक्रममा सहभागी भएकी थिईन् ।

LEAVE A REPLY