काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता सकिएको छ ।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको आजको वार्ता सफल भएको र वार्तालाई निरन्तरता दिने निर्णय भएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जनाए । तर अर्को वार्ताको समय टुंगो लागिनसकेको उनले जनाए । वार्तासँगै आन्दोलन पनि जारी राख्ने सुवेदीले जनाए ।
वार्ता कुनै निष्कर्षमा नपुगी टुंगिएको हो । वार्तामा सहभागी महासंघका प्रतिनिधिले आफ्ना सबै माग पूरा हुनुपर्ने अडान सरकारसँग राखेपछि निष्कर्ष ननिस्किएको जनाईएको छ ।
वार्तामा सरकारको तर्फबाट नवनियुक्त शिक्षामन्त्री रघुजी पन्त र शिक्षासचिव दीपक काफ्ले तथा महासंघको तर्फबाट अध्यक्ष सुवेदीको नेतृत्वमा आन्दोलनरत शिक्षक सहभागी थिए ।