काठमाण्डौं । कुलेखानी–कलंकी–हुमाने सडक शुक्रबारदेखि १९ दिनसम्म बन्द हुने भएको छ । मर्मत र कालोपत्रको लागि यो सडक जेठ २० गतेसम्म बन्द रहने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।
प्रहरी प्रधान कार्यालयले काठमाण्डु–हेटौँडा चल्ने सडकमध्ये कुलेखानी–कलङ्की–हुमाने सडक आज शुक्रबारदेखि मर्मतका लागि १९ दिन बन्द हुने जनाउँदै वैकल्किप मार्ग प्रयोग गर्न सबै चालकमा अनुरोध गरेको छ।
काठमाण्डौं वा काठमाण्डौं –हेटौँडा यात्रा गर्नुपर्ने गाडीलाई कान्तिलोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।
मकवानपुर, इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलङ्की–हुमाने सडकखण्ड कालोपत्र गर्ने प्रयोजनार्थ यही जेठ २ देखि २० गतेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द हुने सार्वजनिक सूचनामा उल्लेख छ।