काठमाण्डु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट ‘हेर्न नभ्याउने’ भएको छ ।
सभापति लामिछानेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ हुने तय भए पनि अन्तिम समयमा ‘हेर्न नभ्याउने’ भएको छ ।
सभापति लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि पटक–पटक पेशी तोकिए पनि ‘हेर्न नमिल्ने’ भन्दै यसअघि ४ पटक सूचीमा चढाएर पेशी सारिएको थियो ।
सभापति लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले गैरकानूनी रूपमा श्रीमानलाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।