अदालतमा हाजिर भए रवीन्द्र मिश्र

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालत हाजिर भएका छन् । मंगलबार बिहान उनी अदालतमा हाजिर भएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
तीनकुनेको आन्दोलनलाई लिएर पक्राउ परेका मिश्र सर्वोच्च अदालतको आदेशले हाजिरी जमानीमा छुटेका थिए । अदालतमा हाजिर भएसँगै उनको थुनछेक बहस सुरू भएको छ ।

LEAVE A REPLY