काठमाण्डौं । तीनकुने घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा भएका छन् ।
काठमाण्डौं जिल्ला अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्रलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक आन्दोलनपछि मिश्रलाई पक्राउ गरिएकोमा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिटबाट उनी छुटेका थिए ।
यसअघि उनीसँगै पक्राउ परेका राप्रपाका महामन्त्री डा. धवलशमशेर राणालाई पनि अदालतले ३ लाख धरौटीमा रिहा गरेको थियो ।














