पहिरोमा बेपत्ता बालकको शव फेला

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ लुम्पीपारको पहिरोमा पुरिएर बेपत्ता भएका थप एक बालकको शव भेटिएको छ ।
घाँस काट्न पाखोबारीमा गएका मालिका–३ लुप्सीपारका १३ वर्षीय सरोज विकको शव आज भेटिएको हो । उनी बुधबार दिउँसो पहिरोमा पुरिएर बेपत्ता भएका थिए ।
नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, जनप्रतिनिधि र स्थानीयवासीको संयुक्त टोलीले विकको शव फेला पारेका मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जानकारी दिए ।
पहिरोमा पुरिएर सरोजका बुवा ३५ वर्षीय जगेन्द्र विकको पनि मृत्यु भएको थियो ।
घर नजिकैको पाखामा दिउँसो घाँस काट्ने क्रममा माथिबाट पहिरो खसेर उनीहरुलाई पुरेको प्रहरी निरीक्षक सागर पौडेलले जनाए ।

LEAVE A REPLY