राष्ट्रियसभा सदस्य न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

काठमाण्डौं । नेकपा एमालेकी राष्ट्रियसभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई मंगलबार मन्त्री नियुक्त गरेका छन् ।
घुस प्रकरणमा मुछिएका मन्त्री राजकुमार गुप्ताले मंगलबार राजीनामा दिएपछि रिक्त पदमा न्यौपानेलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
न्यौपाने तनहुँकी वासिन्दा हुन् । उनी राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतक छिन् ।
उनी २०७४ सालको स्थानीय तह चुनावमा तनहुँको भानु नगरपालिकाको मेयर पदमा पराजित भएकी थिइन् ।

LEAVE A REPLY