काठमाडौं महानगरपालिकाको बजेट पारित

काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२, ०८३ को बजेट पारित भएको छ ।
आगामी आर्थिक वर्ष २०८२, ८३ को लागि रु २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ बजेट पारित भएको हो । असार २९ गते बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले बजेट पेस गरेकी थिइन्।
२५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुनेगरी सो रकमको अनुमानित बजेट सार्वजनिक भएको थियो।
यसअघि महानगरपालिकाले आर्थिक वर्ष २०८१, ०८२ का लागि २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट पारित गरेको थियो ।

LEAVE A REPLY