सबै सरकारी कार्यालयहरूलाई लार्भारहित बनाउन मन्त्री पौडेलको अनुरोध

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै सरकारी कार्यालयहरूलाई लार्भारहित बनाउने अभियानमा लाग्न आह्वान अनुरोध छन्।
बुधबार ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो आह्वान गरेका हुन्।
उनले लार्भा उत्पादन हुने आधारहरुलाई नष्ट गर्न सरसफाई अभियान सुरु गर्न आग्रह गरे। साउन, भदौ, असोज र कार्तिक महिनामा डेंगीको सङ्क्रमण उच्च हुने भन्दै यी ४ महिनामा कुनैपनि निर्माणको काम नगर्न, निर्माणका सामग्रीहरु जताततै नफाल्न, खाल्डो नखन्न, पानी जम्ने खाल्डोहरु पुर्न र फालिएका टायरहरू व्यवस्थापन गर्न आग्रह गरे।
सरकारी कार्यालयहरू जोगाउन सके दर्जनौँ मानिसहरूलाई डेंगुबाट जोगाउन सकिने जनाए। डेंगुबारे सचेतना अभियान फैलाउनसके डेंगी फैलिनबाट रोक्न सकिने जनाए।
मन्त्री पौडेलले डेंगुबाट जोगिन आफू बसेको ठाउँलाई लार्भारहित बनाउन आग्रह गरे। आफूले आफूलाई सुरक्षा गर्नसके मात्रै अरुलाई सहयोग गर्न सकिने जनाए। उनले सरकारी कार्यालयहरू सबै लार्भा नष्ट अभियानमा सक्रिय हुनुपर्ने जनाए। हरेक शुक्रवार (साउन, भदौ, असोज र कार्तिक महिना) प्रभावकारी रूपमा सरसफाइमा लाग्न आग्रह गरे।

LEAVE A REPLY