काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य रहेको जनाएका छन् ।
मंगलबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले हाम्रो सकारात्मक सोच, निरन्तरको प्रयास र एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउने सङ्कल्प पूरा हुने जनाएका हुन् ।
आज अन्तर्राष्ट्रिय युवा दिवस । सन् १९९९ मा संयुक्त राष्ट्रसंघले युवाहरूको योगदान, अधिकार र अवसरको सम्मान गर्ने दिनका रूपमा हरेक वर्ष अगस्ट १२ लाई युवा दिवस घोषणा गर्यो । ‘पहिलो पटक सन् २००० मा युवा दिवस मनाइएको थियो । यसले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सशक्त बनाउन प्रेरणा दिएको छ ।’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।
युवा शक्ति परिवर्तनका संवाहक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।