चक्कु प्रहार गरी फरार एकजना काठमाडौंबाट पक्राउ

सुर्खेत । ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जुम्लाको हिमा गाउँपालिका–३ घर भई हाल सुर्खेतको वीरेन्द्रनगर–९ मा बस्ने २१ वर्षीया नवराज रावतलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।
रावतले गत साउन ९ गते राति सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६, बसपार्कको माथिल्लो गेट नजिकै २२ वर्षीय ललित परियारमाथि धारिलो चक्कु प्रहार गरेका थिए । रावत उक्त घटनापछि फरार रहेका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा फरार रावतलाई मंगलबार पक्राउ गरिएको सुर्खेत जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पक्राउपछि उनलाई बुधबार सुर्खेत ल्याई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

LEAVE A REPLY