काठमाण्डौं । जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १६ पुगेको छ । ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।
त्यस्तै एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ, सिभिल अस्पतालमा ३, काठमाण्डौं मेडिकल कजेलमा १ र टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको छ ।
उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । थप उपचारका लागि अस्पताल पुर्याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो ।