अन्तरिम सरकार गठनबारे छलफल केही घण्टा पछि सर्‍यो

काठमाडौ । अन्तरिम सरकार गठनका लागि राष्ट्रपति निवासमा आज बिहान ९ बजेका लागि तय भएको छलफल कार्यक्रम केही घण्टाका लागि सरेको छ । वार्तामा रहेकाहरुले आ–आफ्नो पक्षमा आन्तरिक छलफल गर्नुपर्ने भएकाले केही घण्टाका लागि समय सारिएको स्रोतले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, संविधानविद्हरुको उपस्थितिमा बिहीबार दिनभर र रातभर लामो छलफल गरेका थिए ।
संसद विघटन नगरी अन्तरिम सरकारको प्रधानमन्त्री वा मन्त्रिपरिषद् अध्यक्ष बनाउने विषयमा भने प्रमुख दलबीच प्रारम्भिक सहमति भइसकेको जनाईएको छ । यसअघि आन्दोलनरत पक्ष जेनजीले पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ ।

 

LEAVE A REPLY