काठमाण्डौं । जेन जीको आन्दोलनपछि ठप्प बनेको काठमाण्डौं उपत्यकाको जनजीवन क्रमशः लयमा आउन थालेको छ ।
शुक्रबार बिहानैदेखि उपत्यकाका सडकमा चहलपहल बढेको छ । बिहान ११ बजेसम्म समूहमा बाहेक आवतजावत खुला गरिएपछि बिहानैदेखि चहलपहल देखिएको हो । दूध, तरकारी, पानी बोक्ने गाडीदेखि निजी गाडीहरू समेत सडकमा देखिएका छन् ।
जेन जीको नेतृत्वमा देशभर भएको प्रदर्शन हिंसात्मक भई अकल्पनीय जनधनको क्षतिसँगै लगभग नियन्त्रणबाहिर पुगेको सुरक्षा अवस्था बिस्तारै लयमा फर्किन थालेको छ ।
सेनाले जारी गरेको सूचनाअनुसार शुक्रबार बिहान ११ बजेपछि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी रहने छ । तर, त्यसअघि र पछिका केही घण्टा भने दैनिक जीवनयापन सहजीकरणका लागि खुला गरिएको छ ।
यस्तै अन्य जिल्ला र शहरहरुमा पनि जनजीवन क्रमशः सामान्य बन्दै गएको छ ।