प्रतिनिधिसभा विघटन, फागुन २१ गते आम निर्वाचनको घोषणा

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेका छन् । गएराति अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी हुन् ।
नवनियुक्त प्रधानमन्त्री कार्कीले गरेको विघटनको सिफारिस राष्ट्रपति पौडेलले सदर गर्दै आगामी फागुन २१ गते बिहीबारका दिन आम निर्वाचनको मिति घोषणा गरेका छन् । राष्ट्रपति पौडेलले गएराति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन गरेका हुन् ।
भदौ २३ र २४ गतेको जेन जी विद्रोहपछि विकसित राजनीतिक घटनाक्रमबीच कार्की देशकै पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी हुन् । संविधानको धारा ६१ को उपधारा ३ र ४ मा अन्तर्निहीत राष्ट्राध्यक्षको अधिकार प्रयोग गरी राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्रीमा नियुक्त भए लगतै राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

 

LEAVE A REPLY