काठमाडौँका सडकमा टीका लगाउन हिँड्नेहरूको चहलपहल

यस वर्षको दसैँको टीकाको साइत आज बिहान ११ बजेर ५३ मिनेट निर्धारण गरिएको थियो । पञ्चाङ्ग निर्णायक समितिका अनुसार साइतपछि पनि टीका लगाउन मिल्छ ।
प्रचलनअनुसार टाढाका आफन्तकहाँ पुगेर पूर्णिमासम्म पनि दसैँको टीका र आशीर्वाद ग्रहण गर्न मिल्छ । कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको ब्रत बसी पूजा गरेपछि दसैँ पर्व समापन हुन्छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँको घटस्थापनादेखि आजसम्मको नवौँ दिनको अवधिमा मात्रै छ लाख ११ हजार ६५७ जनाले काठमाडौँ छाडेका छन्।  
यही अवधिमा तीन लाख १९ हजार १५ जना उपत्यका भित्रिएका छन्।
पछिल्लो २४ घण्टामा मात्रै ५८ हजार ३९६ जनाले काठमाडौँ उपत्यका छाडेको प्रहरीको रेकर्ड छ।
दसैँ सुरु भएसँगै काठमाडौँ उपत्यका छाड्ने नागरिकको सङ्ख्या तीव्र रुपमा बढ्दै गएको र पछिल्लो २४ घण्टामा मात्र १३ हजार ३२६ यात्रुवाहक सवारी साधन उपत्यकाबाट बाहिरिएका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
घटस्थापनादेखि आजसम्म काठमाडौँ उपत्यकाबाट बाहिरिएका सवारी साधनको सङ्ख्या एक लाख १३ हजार ४१५ पुगेको छ। यिनै सवारी साधनमार्फत यात्रामा निस्किनेहरुको मुख्य गन्तव्य भने देशका पूर्वी, पश्चिमी र सुदूरपश्चिम प्रदेशका जिल्ला रहेका छन्।

LEAVE A REPLY