एमाले सचिवालय बैठक १ बजे बस्दै

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।
जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त कार्यालय मर्मतपछि एमालेले आज पहिलोपटक केन्द्रीय कार्यालयमै सचिवालय बैठक बोलाएको हो । यसअघि एमाले बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्दै आएको थियो ।
यही मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुने पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनसम्बन्धी छलफलका लागि एमालेले सचिवालय बैठक बोलाएको हो । महाधिवेशनका लागि एमालेले यही मंसिर १३ गते एकैदिन देशभरबाट प्रतिनिधि छनोट गर्दैछ ।
यसैगरी, आजको सचिवालय बैठकमा शनिबार काठमाडौंमा गर्ने प्रदर्शनबारेमा समेत छलफल हुनेछ । साथै, बैठकमा प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब दिने विषय लगायतका विषयमा छलफल हुने जनाईएको छ ।

LEAVE A REPLY