घोषित मितिमा चुनाव हुन्छ स् प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा निर्वाचन सम्पन्न गराई युवा शक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने सरकार प्रमुख दायित्व भएको जनाएकी छन् ।
ज्यापु संस्कृति विकास कोषको आयोजनामा बिहीबार (मंसिर १८) काठमाडौंमा सम्पन्न २२औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो जनाएकी हुन् । घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार पूर्ण रूपमा तयारीमा जुटेको उनको भनाइ छ ।
’जेनजी’ आन्दोलनले उठाएका मागहरू सम्बोधन गर्न सरकार गम्भीर रहेको पनि कार्कीको भनाइ छ । ’जेनजी’ आन्दोलनले भ्रष्टाचारको अन्त्य, सुशासन, रोजगारी र गास, बास, कपासको ग्यारेन्टी माग गरेको उल्लेख गर्दै उनले ती मागहरू पूरा गर्न सबै कटिबद्ध हुनुपर्नेमा जोड दिइन् ।

LEAVE A REPLY