टी–२० विश्वकपको सुपर–८ मा आज श्रीलंका र न्युजिल्याण्ड भिड्दै

0

काठमाडौं । आईसीसी टी–२० विश्वकपको आजको खेलमा श्रीलंका र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । राति सवा ७ बजेबाट कोलम्बोमा सुरु हुने खेलमा दुवै टिम जित्नुपर्ने दबाबमा छन् ।
पहिलो खेल वर्षाले अवरुद्ध भएपछि पाकिस्तानसँग अंक बाँडेको न्युजिल्याण्ड समेत पहिलो जितको खोजीमा छ । दुवै देश जितको खोजीमा रहेको यो समूहबाट सेमिफाइनल पुग्न श्रीलंकाले बाँकी दुई खेल जित्नैपर्ने दबाब छ ।
सुपर–८ समिकरणमा श्रीलंका अंकविहीन छ भने न्युजिल्याण्डले एक अंक जोडेको छ । आजको खेलमा हारे श्रीलंका सेमिफाइनल दौडबाट बाहिरिनेछ ।
मंगलबार राति भएको खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै इंग्ल्याण्डले अन्तिम चारमा स्थान बनाइसकेको छ ।

LEAVE A REPLY