राष्ट्रका नाममा ट्रम्पको सम्बोधन– इरान युद्धमा जित मिल्यो, अपरेशन जारी छ

0

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्दै अमेरिकाले इरान युद्ध जितेको घोषणा गरेका छन् । उनका अनुसार अमेरिकाले इरानको क्षेप्यास्त्र र ड्रोन क्षमता नष्ट गरेको छ ।
‘संसारले यस्तो विजय कहिल्यै देखेको थिएन ।’ ट्रम्पले भने । साथै, उनले इरानविरुद्ध अपरेशन जारी रहेको पनि उल्लेख गरेका थिए ।
ट्रम्पले इरानको नौसेना ध्वस्त भएको र देशको सैन्य शक्ति उल्लेखनीय रूपमा कमजोर भएको दाबी गरे । उनले यदि सम्झौता भएन भने अमेरिकाले तेहरानलाई ढुङ्गे युगमा पठाउने चेतावनी पनि दिए ।
ट्रम्पले आफ्नो सम्बोधनको सुरुवात आर्टेमिस–२ को सफल प्रक्षेपणको लागि नासा टोलीलाई बधाई दिँदै गरेका थिए । उनले चन्द्रमामा यात्रा गर्ने टोलीको पनि प्रशंसा गरेका थिए ।

LEAVE A REPLY