सबै वामपन्थी तथा कम्युनिस्ट शक्तिहरूबीच एकता आवश्यक ः प्रचण्ड

0

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी आन्दोलनको पुनर्गठनको संकल्प लिन आह्वान गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै प्रचण्डले यस्तो आह्वान गरेका हुन् ।
सबै वामपन्थी तथा कम्युनिस्ट शक्तिहरूबीच एकता आवश्यक रहेको जनाए । ूसमाजवाद र साम्यवादको लक्ष्य बोकेका सबै वामपन्थी तथा कम्युनिस्ट शक्तिहरूबीच एकता आजको ऐतिहासिक आवश्यकता बनेको छ,ू प्रचण्डले भनेका छन् ।
कम्युनिस्ट आन्दोलनले मात्र उपेक्षित र उत्पीडित समुदायहरूको अधिकार र राष्ट्रिय स्वाधीनताको वास्तविक संरक्षण गर्न सक्छ भन्ने इतिहासले प्रमाणित गरेको उनको भनाइ छ ।
ूनेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षा र विकास गर्न, शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी अपरिहार्य रहेकोमा म विशेष जोड दिन चाहन्छु,ू उनले थप भनेका छन् ।
उनले नेपाली कम्युनिस्टहरूको काँधमा विगतका बलिदानीपूर्ण संघर्षका उपलब्धिहरूको रक्षा गर्दै आम गरिब किसान तथा श्रमजीवी जनताको पक्षमा क्रान्ति अगाडि बढाउने जिम्मेवारी अझ बढेको जनाए । इतिहासले सुम्पेको यही जिम्मेवारी पूरा गर्न नेपाल कम्युनिस्ट पार्टीको पहिलो पर्चा तथा घोषणापत्र र त्यसपछिका विकसित विचारहरूको संश्लेषण गर्दै नेपाली कम्युनिस्ट आन्दोलनको समग्र पुनर्गठनका लागि आह्वान गरे ।
सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनताको जनवादी सत्ता स्थापना गर्ने महान् उद्देश्यसहित वि.सं. २००६ वैशाख ९ (२२ अप्रिल १९४९) मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।

LEAVE A REPLY