अहिलेको परिस्थितिमा होर्मुज जलमार्ग खुल्दैन ः इरान

0

काठमाडौं । इरानले हालको परिस्थितिमा होर्मुजको जलमार्ग नखोलिने जनाएको छ ।
इरानी संसदका सभामुख मोहम्मद बाकर गालिबाफले युद्धविराम उल्लङ्घनका बीचमा यो सम्भव नभएको जनाएका हुन् ।
गालिबाफले अमेरिकी नाकाबन्दीले इरानी बन्दरगाहहरूलाई लक्षित गरेको र यसले विश्व अर्थतन्त्रलाई बन्धक बनाएको आरोप लगाए । उनले नाकाबन्दी अन्त्य भएपछि मात्र पूर्ण युद्धविराम सम्भव हुने जनाए ।
यसैबीच, इरानी राष्ट्रपति मसूद पेजेश्कियानले अमेरिकासँगको वार्ता र सम्झौतालाई इरानले समर्थन गरेको र जारी राख्ने जनाएका छन् । तर वास्तविक संवादका लागि सबैभन्दा ठूला बाधाहरू विश्वासको कमी, घेराबन्दी र निरन्तर धम्की रहेको उनले जनाए ।
पेजेश्कियानले इरान वार्ताको लागि तयार रहेको संकेत गर्दै इमानदार वातावरण र पारस्परिक सम्मान आवश्यक रहेको उल्लेख गरेका छन् ।

LEAVE A REPLY