यूनाइटेड अजोड इन्स्योरेन्सद्वारा ४.५१ प्रतिशत लाभांश घोषणा

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले ४.५१ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको हिजो दिउँसो बसेको बैठकले आव २०८१÷०८२ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ४.२८५७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२२५६ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको सीईओ नारायणकुमार भट्टराईले जनाएका छन् ।
कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपियाँ छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि शेयरधनीहरुले पाउने छन् ।

LEAVE A REPLY