काठमाण्डौं । सम्पत्ति शुद्धीकरण आरोपमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
न्यायाधीशद्वय विनोदकुमार शर्मा र नित्यानन्द पाण्डेयको इजलासले बिहीबार रिट खारेज गरेको हो । यससँगै अब पौडेलले मुद्दाको अनुसन्धानको सिलसिलामा प्रहरी थुनामा बस्नुपर्ने भएको छ ।
पौडेलकी श्रीमती दोमाया पौडेलले गैरकानुनी थुनामा राखिएको भन्दै असार १० गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएकी थिइन् ।
पौडेललाई थप ६ दिन अनुसन्धानका लागि थुनामा राख्न विशेष अदालतले बिहीबार अनुमति दिएको छ । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले असार ८ सुर्खेतबाट पक्राउ गरेको थियो ।
Home मुख्य समाचार एमाले उपाध्यक्ष पौडेलको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चद्वारा खारेज, अब थुनामै बस्नुपर्ने











