सांसदले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा

काठमाडौं । सांसदहरूले बालकुमारी घटनामा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन् ।
आज बिहान बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रीले राजीनामा दिएर निष्पक्ष छानबिनको लागि मार्ग प्रशस्त गर्नुपर्ने जनाएका हुन् ।
एमाले सांसद राजेन्द्र राईले विदेश गएर रोजगारी गर्छु भन्ने युवाहरूलाई गोली हान्ने गृह प्रशासनको नेतृत्वले राजीनामा गर्नुपर्ने माग गरे । उनले भने, ‘तपाईं राजीनामा दिनुस् । तपाईंले मुलुक चलाउन सक्नुभएन ।’
गृहमन्त्रीले राजीनामा गरेर मुलुकमा सुशासनको व्यवस्था गर्नुपर्ने राईको भनाइ थियो । ‘तपाईं तत्काल राजीनामा दिनुस्, समस्याको समाधान निकाल्नुपर्छ ।’ गृहमन्त्रीले राजीनामा नगरेसम्म उक्त घटनाको छानबिन गर्न गठित आयोगले काम गर्न नसक्ने पनि राईको दाबी थियो । ‘गृहमन्त्रीबाट राजीनामा दिउँ अनि यो समस्या हल हुने वातावरण बन्छ,’ उनले भने ।
सांसद कृष्णगोपाल श्रेष्ठले नैतिकताका आधारमा गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने जनाए ।

LEAVE A REPLY