काठमाण्डौ । राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ । गठबन्धनको बैठक आज बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
बैठकमा सिट बाँडफाँटका विषयमा छलफल हुने नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डले जानकारी दिए । राष्ट्रियसभामा खाली हुने सिटमा यसअघि दलले लिएका सिट सोही सत्तारूढ दलले लिने र एमालेको खाली ९ सिट कसरी मिलाउने भन्नेमा छलफलकेन्द्रित भएको उनको भनाइ थियो ।
गठबन्धनको बैठक हिजो बुधबार पनि बसेको थियो । बुधबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा मिलेर जान प्रस्ताव गरेको ब्रिफिङ गरेका थिए ।
राष्ट्रियसभामा एमालेको ठोस प्रस्तावपछि सत्ता गठबन्धनले धारणा बनाउने पनि पाण्डेले जनाए ।