राष्ट्रियसभा निर्वाचनः आज उम्मेदवारको नामावली प्रकाशन

काठमाण्डौ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली आज प्रकाशित हुने भएको छ । हिजो र आज दाबीविरोध र उजुरीउपर छानबिन गरेपछि निर्वाचन आयोगले आजै उमेदवारको नामावली प्रकाशन गर्ने भएको हो ।
राष्ट्रियसभाका रिक्त १९ सिटका लागि सोमबार सातै प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए ।
शुक्रबार नाम फिर्ता लिन चाहने उम्मेदवारले नाम फिर्ता लिन सक्ने जानकारी दिईएको छ । शुक्रबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जानकारी दिएको छ । पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ ।
यस निर्वाचनमा सात प्रदेशमा एक, एक मतदानस्थल र दुई, दुई मतदान केन्द्र कायम गरिएको छ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।

LEAVE A REPLY