विराटनगर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेका एक युवकले श्रीमतीको हत्या गरेका छन् ।
असफल कुरुम्बाङले धारिलो हतियार प्रहार गरी श्रीमती गोमा फियाकको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
घरासयी विवाद मिलाउन छलफल भइरहेका बेला एक्कासी उनले श्रीमतीमाथि आक्रमण गरेका थिए । त्यस क्रममा छुट्याउन खोज्ने उनकी सासु कान्छीमाया र स्थानीय महेन्द्र श्रेष्ठ सिकिस्त घाइते भएका छन । दुवैजनाको झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्प्तालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनालगत्तै कुरुम्बाङ फरार भएका छन । प्रहरीले उनकी खोजी गरिरहेको छ ।