प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट च्याम्पियनसिप आजबाट सुरु

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट च्याम्पियनसिप आजबाट सुरु हुने भएको छ । आजदेखि सुरु प्रधानमन्त्री कप क्रिकेट माघ २० गतेसम्म सञ्चालन हुने तालिका छ ।
पहिलो दिन आज नेपाल पुलिस क्लब र वाग्मती प्रदेशबीच टीयू मैदानमा पहिलो खेल हुनेछ । कोसी र मधेस प्रदेशबीच मुलपानी मैदानमा र लुम्बिनी र गण्डकी प्रदेशबीच सिद्धार्थ मैदानमा खेल हुने जनाईएको छ ।
प्रतियोगिताको यस संस्करणमा तीन विभागीय र सात प्रदेशसहित दश टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताका लिग चरणका खेलहरू त्रिवि क्रिकेट मैदान, मुलपानी र सिद्धार्थ क्रिकेट रंगशाला भैरहवामा हुनेछ । प्रतियोगिता एकदिवसीय संरचनामा सञ्चालन हुनेछ ।

LEAVE A REPLY