काठमाडौं । सुर्खेतमा एक युवक मृत फेला परेका छन् ।
पञ्चपुरी नगरपालिकामा सोही नगरपालिका वडा नम्बर ६ का १८ वर्षीय भरत बुढा मृत फेला परेका हुन्।
उनी घर नजिकै मृत फेला परेका हुन् । उनको हत्या भएको आशंका गरिएको छ ।
इलाका प्रहरी कार्यालय बाबियाचौरबाट र बाँकेको कोहलपुरबाट खाटिएको प्रहरी टोलीले तालिम प्राप्त कुकुरसहित अनुसन्धान गरिरहेको छ ।