पूर्वराजा ज्ञानेन्द्र शाह हेटौंडा आउँदै

Former King Gyanendra Shah looks on during his visit to Bharatpur on Friday, February 17, 2017. Photo: Tilak Ram Rimal

मकवानपुर । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी आइतबार बागमतीको प्रदेश राजधानी हेटौंडा आउने भएका छन । हेटौंडामा रहेका धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजा आराधना र शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाटका लागि उनी आउन लागेका हुन ।
रिपोर्टस क्लब मकवानपुरको समन्वयमा बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा पूर्वराजाको भ्रमण तालिकाको जानकारी दिइएको हो । पूर्वराजा शाहलाई आइतबार दिउँसो १२ बजे हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरमा स्वागत गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ ।
उनी हेटौंडा–१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बा र हेटौंडा–१० स्थित भुटनदेवी मन्दिर जानेछन । शुभेच्छुकसँग उनले सोही दिन हेटौंडा रिसोर्टमा भेटघाट गरेर सोही दिन काठमाडौं फर्किने कार्यतालिका रहेको राप्रापा मकवानपुरका प्रवक्ता आयुष डोटेलले जानकारी दिएका छन ।
मकवानपुर–१ बाट प्रतिनिधि सभा सदस्य तथा संसद्को पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले माघ ७ गते हुने कार्यक्रमका लागि १ हजार १ सय ११ जनाको मुल समारोह समिति तथा १० वटा उपसमितिहरु गठन गरिएको जनाए ।

LEAVE A REPLY