काठमाडौं । गायक सुभ तामाङ र गायिका सुमिना लो लामाको स्वरमा नयाँ गीत ुसोनाम लोछारु सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत् सन्सारभरि छरिएर बसेको तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार मनाउन नयाँ गीत ुसोनाम लोछार डम्फु र टुङ्ग्नाु बोलको गीत सार्वजनिक गरिएको हो । सोनाम ल्होछारको वा तमाङहरूको नयाँ वर्षको अवसरमा सो गीत सार्वजनिक गरिएको हो । तामाङ जातिको महान् पर्व सोनाम ल्होछारले आपसी सद्भाव र मेलमिलापका लागि अगाडि बढाएको गीतकार योञ्जनको भनाइ छ । उक्त गीतमा डिवी लामाले संगीत भरेका छन् भने संगीत संयोजन जोगलाल लामाको रहेको छ । ुडम्फु र टुङ्गना बजाउँदैु सोनाम ल्होछार मनाउनको लागि गीतमा आग्रह गरिएको छ ।”https://www.youtube.com/embed/Nsl8EkndBeM?si=lRn6M3peKm3gdqnP”