दाङमा चक्कु प्रहारबाट एक वृद्ध गम्भीर घाइते

तुलसीपुर । दाङमा चक्कु प्रहारबाट एक वृद्ध घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको बबई गाउँपालिका २ का ६५ वर्षीय टीका खत्री रहेका छन्। उनीमाथि ६० वर्षीय पर्शाराम खत्रीले चक्कु प्रहार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। गएराति १० बजेतिर बाटोमा हिँडिरहेका टीकालाई पर्शारामले बाँया कोखामा चक्कु प्रहार गरेर फरार भएको डिएसपी पोखरेलले जनाएका छन।
चक्कु प्रहारबाट घाइते भएका टीकालाई राति ११ बजे तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएको थियो। उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि राति नै बाँकेको कोहलपुर मेडिकल कलेजका लागि रिफर गरिएको थियो। चक्कु प्रहार गरी फरार रहेका पर्शारामलाई आज बिहान मात्रै इलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएको छ। डिएसपी पोखरेलका अनुसार पुरानो रिसिबीका कारण पर्शारामले टीकामाथि चक्कु प्रहार गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । यसबारे थप अनुसन्धान भइरहेको डिएसी पोखरेलले जानकारी दिए ।

LEAVE A REPLY