काठमाडौं । नेपाली चलचित्र ‘गोरखा वारियर’को ‘ट्रेलर’ सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो ।
चलचित्र फागुन ११ गतेबाट देशभर प्रदर्शनमा आउनेछ । कार्यक्रममा बोल्दै निर्देशक मिलन च्याम्सले कलाकार सबै बराबर भएकाले सानो कलाकार भनेर कसैले हेप्न नहुने जानकारी दिए ।
उनले सानो कलाकारको सहयोग बिना कुनैपनिप कलाकार सुपरस्टार बन्न नसक्ने जनाए । सिनेमाले देशका सुरक्षा फोर्समा काम गर्ने सुरक्षाकर्मीलाई युद्ध कसरी गर्ने भनेर पनि सिकाउनेजनाए ।
च्याम्सले यस सिनेमाले साँच्चिकै कसरी युद्ध गर्ने भन्नेकुरा सिकाउने जनाए । चलचित्रमा सन् १९४९ मा ‘मलाय इमर्जेन्सी जंगल वार’ मा गोर्खाली सैनिकको साहसिक युद्धकथालाई प्रश्तुत गरिएको छ । यो चलचित्र वास्तवितक घटनामा आधारित रहेको जनाईएको छ ।
नेपाली, हिन्दी र अंग्रेजी भाषामा निर्माण गरिएको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, सारा राई, रियर राई, शिशिर वाङ्देल, कविता आले, सुरज तमु, सुमीन गुरुङ, भुवन सिंह राईलगायत कलाकारको अभिनय छ ।
लण्डन सिनेआई प्रोडक्सन र चाम्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रको निर्मातामा सुस्मिता वाइवा, सुमन राई छन् । यस्तै कार्यकारी निर्मातामा प्रशान्त थापा र राजेन्द्र घिमिरे छन् ।