एमाले बाहेकका पार्टीले देश चलाउन नसक्ने ईश्वर पोखरेलको दाबी

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले बाहेकका पार्टीले देश चलाउन नसक्ने दाबी गरेका छन ।
शनिबार टोखा नगरपालिका वडा नम्बर ७ को तेस्रो वडा अधिवेशनमा उनले एमालेलाई एकातर्फ राखेर सबै मिलेर सिद्ध्याउने योजनामा लागेका भन्दै देश बनाउने काम एमाले बाहेक अरुले नसक्ने जानकारी दिए ।
गौरवशाली इतिहास र भविष्य नभएका पार्टीले देश विकास गर्न नसक्ने उनको भनाई थियो ।
उनले भने ‘अहिले एमाले एकातर्फ र अन्य सबै पार्टी एकतर्फ पोको परेका छन् । देखिने नदेखिने साथै देशभित्रका र बाहिरका सबै मिलेर एमालेलाई सकाउने योजनामा छन् । तर त्यो सफल हुँदैन् । एमाले बाहेकको पार्टीले यो देश चलाउन सक्दैन । अहिले देखापरेका दलहरुको पृष्ठभूमि के हो, कहाँ, कसरी जन्मिएको हो ठेगान छैन्, भोली देश कस्तो बनाउने भन्ने कुराको पनि मार्गचित्र छैन् ।’
नेकपा एमालेले अनियमितता र वेतिथि केही सहन नसक्ने जनाउँदै उनले कसैले त्यस्तो गर्‍यो भने त्यो एमाले हुन नसक्ने जिकीर गरे ।

LEAVE A REPLY