सुदूरपश्चिम र कर्णालीमा बिहानैदेखि हल्का वर्षा

;b/d'sfd vnËfdf lxdkft h'Dnf, !* df3 M h'Dnfsf] ;b/d'sfd vnËf ahf/df a'waf/ k/]sf] lxpF . h'Dnfnufot dflyNnf] s0ff{nLdf lxpFkft ePkl5 xjfO{ ;]jf cj?4 ePsf] 5 . tl:a/ M ljho /fjt÷/f;;

काठमाण्डौ । लामो समयपछि पश्चिम नेपालमा वर्षा भएको छ । सुदूरपश्चिम र कर्णाली र लुम्बिनी प्रदेशका एक दुई स्थानमा बिहीबार बिहानैदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
तीनै प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यमसम्म हिमपात पनि भएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार जुम्लामा आज बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो ।
सदरमुका खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ । ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएको जिल्लाको तिला गाउँपालिमा–१ का स्थानीयले जनाएका छन ।
माघको महिना लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने किसान चिन्तामा थिए । जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ ।
आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू भागको मौसम साधारणतया सफा रहनेछ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहने महाशाखाले जनाएको छ ।
आज राति देशका पहाडी भू(भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भू भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।
महाशाखाले पश्चिमी वायुसँगै भित्रिएको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बुधबार अपराह्नदेखि बिहीबार (आज) सम्म देशका धेरै स्थानमा वर्षा तथा हिमपात हुने जानकारी गराएको थियो ।
पश्चिम नेपालमा हल्का वर्षा भइरहँदा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम भने दैनिक बढिरहेको छ । आज बिहान उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसभन्दा माथि उक्लिएको हो । बुधबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस थियो ।

LEAVE A REPLY